NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व द्वादशी - १२

परिचय

वि.सं १९३५ सालमा “नेपाल हुलाक घर” को स्थापना देखि सांगठनिक स्वरुप पाएको हुलाक सेवाको विस्तारका क्रममा सुनसरी जिल्लाको धरानमा “विजयपुर छोटी हुलाक” हुँदै वि.सं. २०३० सालमा “जिल्ला हुलाक कार्यालय सुनसरी” को स्थापना भएको पाइन्छ । पूर्वि नेपालको कोशी प्रदेशमा अवश्थित समुद्री सतहबाट १५२ मीटर देखि ९१४ मीटर को उचाइ र १२५७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुनसरी जिल्लामा हाल १२ वटा स्थानीय तह रहेका छन् । वि.सं. २०८१ श्रावण १ भन्दा अगाडि यस जिल्लामा हुलाक सेवा अन्तर्गगत १ जिल्ला हुलाक कार्यालय, १६ इलाका हुलाक कार्यालय र ३८ अतिरिक्त हुलाकहरु संचालित रहेका थिए । संघियताको कार्यान्वयनले स्थानीय तहको संख्यामा कमी आएको र हुलाक संगठनलाई छरितो बनाउनका लागि ल्याइएको एक पालिका एक हुलाकको अवधारणाले हुलाक सेवाको संगठनिक पुनरसंरचना गरेपछि हाल यहाँ १ जिल्ला हुलाक कार्यालय, ११ स्थानीय (पालिका) हुलाक कार्यालय र ३० अतिरिक्त हुलाकहरु रहेका छन् ।