पोष्ट बक्स दर्ता र नविकरण :

पोष्टबक्स दर्ता र नविकरण गर्ने स्थान : जिल्ला हुलाक कार्यालय, धरान, सुनसरी।

पोष्टबक्स दर्ता गर्दा चाहिने कागजातहरु :

१. ब्यक्तिगत प्रयोजनका लागी :

  • तोकिएको ढाँचामा निवेदन

  • नेपालि नागरीकता प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि

  • विदेशी नागरीकको हकमा सक्कलै राहादनी

  • रु.१० को हुलाक टिकट ।

२. संस्थागत प्रयोजनको लागी :

  • तोकिएको ढाँचामा निवेदन

  • संस्था दर्ताको प्रमाणपत्र

  • रु.१० को हुलाक टिकट

  • स्थायी लेखा नम्बर

  • संस्थाले प्रदान गरेको अख्तियारी पत्र ।

३. सरकारी कार्यालय प्रयोजनको लागी :

  • तोकिएको ढाँचामा निवेदन

  • कार्यालयको पत्र

  • रु. १० को हुलाक टिकट

पोष्टबक्स दर्ता गर्दा लाग्ने दस्तुर :

  • साधारण पोष्टबक्स रु.७५०, धरौटी रु.१५००, नविकरण शुल्क रु. ७५०

  • मझौला पोष्टबक्स रु. १०००, धरौटी रु.२०००, नविकरण शुल्क रु. ७५०

  • ठुलो पोष्टबक्स रु. १५००, धरौटी रु. ३०००, नविकरण शुल्क रु. ७५०

  • प्रत्येक पोष्टबक्स दर्ता गर्दा अनुमती पत्र शुल्क रु. १० लाग्नेछ ।

  • सेवा प्राप्त गर्न लाग्ने समय १५ मिनेट ।